साँढे दुई लाखको कुखुराको चल्ला नष्ट

नवलपरासी पश्चिम, फागुन ३० । नवलपरासीको प्रतापपुर गाउपालिका–५ धर्मौली नाकाबाट अबैध रुपमा ल्याउदै गरेको साँढे दुई लाख बराबरको कुखुराको चल्ला नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी बोडर्र आउट पोष्ट गुठी परसौनीले बुधवार क्वारेन्टाइन चेक पोष्ट महेशपुरका प्रमुख खडक बहादुर सिंह, स्थानीय र पत्रकारहरुको रोहबरमा नष्ट गरिएको छ ।

सशस्त्र प्रहरीका ईन्सपेक्टर तेज बहादुर बुढाथोकी नेतृत्वमा धर्मौलीमा गस्ती गर्न गएको सशस्त्र प्रहरी टोलीलाई देखेर कुखुरा चल्ला तस्करहरु २५ कार्टुन कुखुराको चल्ला फालेर भागेका थिए ।

विभिन्न संचार माध्यम बाट जिल्लाको दक्षिणी नाकाबाट प्रहरीको मिलोमतोमा अबैध रुपमा कुखुराको चल्ला भित्र्याउने गरिएको खबर प्राप्त पछि सशस्त्र प्रहरीले कडाइ गरेको थियोे ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *