राष्ट्रपति भण्डारीले अाज अपरान्ह शपथ लिने, कस्ले गराउछ राष्ट्रपतिलाई सपथ ?

काठमाडौं, फागुन ३० । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ बजेका लागि तय भएको हो ।

राष्ट्रपतिलाई प्रधानन्यायाधीसद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ ।

राष्ट्रपति भण्डारी मंगलबार नै दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । उहाँको कार्यकाल पाँच वर्षको हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *