को बन्ला ‘नेपाल्स मेघा सिनेस्टार’ को उत्कृष्ट कलाकार

“ओ मेगा इन्टरटेनमेन्टले ‘नेपाल्स मेघा सिनेस्टार’आयोजना गर्ने भएको छ । यसको मुख्य उद्देश्य प्रतिभावान कलाकारको छनौट गर्ने र नयाँ कलाकार भित्र्याउने रहेको छ ।

कार्यक्रमको निर्णायकमा निर्देशक शोभित बस्नेत, निश्चल बस्नेत र पूर्व मिस नेपाल माल्भिका सुब्बा रहेका छन् । अडिसन आउँदो चैत २८ गतेदेखि सुरु हुनेछ ।

नेपालमा धेरै प्रतिभावान कलाकार भए पनि उनीहरुले चलचित्रमा आउन अवसर नपाएकाले उनीहरुलाई मञ्च दिलाउन यो प्रतियोगिता आयोजना गर्न लागिएको निर्देशक प्रवेश सम्राट बरालले बताए ।

बरालका अनुसार काठमाण्डौ, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगञ्ज, इटहरी गरेर नेपालका ७ प्रमुख शहरहरुमा अडिसन हुनेछ । असारको पहिलो सातादेखि कार्यक्रम टेलिभिजनबाट प्रसारण हुनेछ ।

आयोजकका अनुसार रियालिटी शोमा बिजेता हुने एक जनाले एक करोड बराबरको पुरस्कार प्राप्त गर्नेछन् । जसमा बिजेताले २० लाख नगदसहित एउटा कार र एक चलचित्रमा अनुबन्धित हुने अवसर लगायतका पुरस्कार प्राप्त गर्नेछन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *