घाेडाघाेडीका मेयर चाैधरीमाथि गाेली प्रहार

फागुन २८, काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चाैधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।

प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरे ।

उनको स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेकोमा अवस्था चिन्ता जनक भएपछि राजधानी ल्यार्इने तयारी भएकाे छ । र, अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ । उनलार्इ कसले गाेली प्रहार गरेकाे हाे केही खुलेकाे छैन । प्रहरीले अनुसन्धान अगाडी बढाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *