यस्ताे छ, दुर्घटना ग्रस्त विमानकाे विवरण

फागुन २८, काठमाडौं । यु.एस.–बङ्ग्ला एअरलाइन्सको बम्बार्डिएर ड्यास ८ बिमान सोमबार २ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त विमान बङ्लादेशको सात विमानसेवा मध्ये एक हो । यो बङ्लादेशको नीजि विमान सेवा हो । यसलाई यु.एस.–बङ्ला ग्रुपले सञ्चालन गरिरहेको छ । सन् २०१० मा स्थापना भएको यो वायुसेवाले सन् २०१४ बाट सेवा शुरु गरेको थियो । यो वायुसेवाले सन् २०१६ बाट अन्तराष्ट्रिय सेवा दिन थालेको हो ।

यो विमानसेवाले आन्तरिक उडानको अतिरिक्त भारत, नेपाल, मलेशिया, ओमन, कतार, सिङ्गापुर र थाइल्याण्ड सात देशमा अन्तराष्ट्रिय सेवा दिइरहेको छ । यसका लागि विमानसेवाले १५८ क्षमताका बोइङ्ग ७३७ का ४ वटा र बम्बार्डियर ड्यास–८का ४ विमान प्रयोग गरिरहेको छ ।

आज दुर्घटना भएको मोडल बर्मबार्डिएर ड्यास–८ विमान दुई इन्जिन भएको, मध्यम दुरीमा उडान भर्न मिल्ने खालको विमान हो । यो विमानलाई ‘डि ह्याभिल्याण्ड क्यानडा’ले सन् १९८४ मा सार्बजनिक गरेको थियो । सो समय यसलाई उत्पादक कम्पनीको नाम जोडेर ‘डि ह्याभिल्याण्ड क्यानडा ड्यास–८’ भनिन्थ्यो । हाल यसलाई ‘बमबार्डिएर एरोस्पेस’ले उत्पादन गर्ने भएकाले यसको नाममा सोही कम्पनीको नाम जोडिएको छ ।

यो विमानहरुको संस्करण जनाउन कम्पनीले ‘क्यु सेरिज’ नाम दिने गरेको छ । नेपालमा दुर्घटना भएको विमान क्यु–४०० हो । क्यु–४०० बम्बार्डिएर एरोस्पेसले उत्पादन गरेको सबैभन्दा पछिल्लो संस्करणको विमान हो । कम्पनीले आफ्ना पुराना विमान श्रृङ्खलाहरु सन् २००९ बाट उत्पादन गर्न बन्द गरेकाले हाल कम्पनीले यही क्यु–४०० मात्र उत्पादन गरिरहेको छ ।

यो अघि पनि सन् २०१५ सेप्टेम्बर ४ मा यु.एस.–बङ्लाको ‘बम्बार्डिएर ड्यास– ८ क्यु–४०२एस’ विमान आन्तरिक उडानको क्रममा धावनमार्गबाट चिप्लिएको थियो । सो दुर्घटनामा भने कुनै हताहती भएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *