तीन राप्रपा फेरी एक हुने प्रक्रियामा

काठमाडौं, फागुन २८ । वि. स. २०४६ सालको राजनीतिक परिवर्तनपछि संगठित भएका पूर्व पञ्चहरुको पार्टी राप्रपाका लागि जुट्ने र फुट्ने विषय नौलो होईन् । स्थापना भएदेखि नै यो दल कहिले फुट्दै त कहिले जुट्दै आइरहेको छ । पछिल्लो समय निर्वाचन हुनु केही महिना अघिमात्र एकता भएको राप्रपा निर्वाचनको मुखैमा तीन टुक्रमा विभाजन भयो ।

तर, चुनावमा सफाया भएपछि तीन राप्रपा फेरि एक हुने प्रयासमा जुटेका छन् । तिनै दलका नेताहरुबीच एकीकरणको बारेमा छलफल शुरु भएको समाचार प्राप्त भएको छ ।

कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीबीच बोलचाल सुरु भएको छ, एकीकरणको लागि प्रयासमा एकमात्र राप्रपा नेपालका सांसद राजेन्द्र लिंगदेन अघि बढेका छन् ।

राजेन्द्रका अनुसार पार्टी विभाजनपछि भएको चुनावमा नराम्रो पराजय बेहोर्न बाध्य भएको सबैले अनुभव गरेका छन् । एक न एक दिन मिल्नै पर्ने भएका कारण एकीकरणको चरण तर्फ अब अघि बढ्ने उनले बताए ।

पछिल्लो पटक पदीय भागबण्डा नमिलेकै कारण राप्रपा तीन टुक्रामा विभाजन भएको थियो । फेरी पनि पदकै झगडाले पार्टी एक हुन नसक्ने राप्रपाकै कतिपय नेता कार्यकर्ताहरु आशंका गर्छन । एक नेताले भने ‘एकीकरण फेरी भ्यागुताकै धार्नी हुने हो कि भन्ने शंका छ, सबैलाई पार्टी नेतृत्व नै चाहिने र दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न नचाहेका कारण एकता हुन्छ नै भन्न सकिंदैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *