वन प्लसले आफ्नो सिस्टम अपग्रेड गर्यो

काठमाडौं, फागुन २८ । वान प्लसले भर्रखरै एन्ड्रोइड भर्सनको ओरियो सिस्टम अपग्रेड गरेको छ ।
जुन वान प्लस ५टी, वानप्लस ५, वानप्लस ३टी र वानप्लस ३ मा यो नयाँ सिस्टम अपग्रेड गर्न सकिने छ । वानप्लस विश्वमै नबिनतम प्रविधिसँग जोडिन हरेक क्षण कामगर्दै आएको छ । कम्पनीले वानप्लस ३ र ३टी २०१६ मा विश्व बजारमा ल्याएता पनि अहिले आएको नयाँ अप्रेटिङ सिस्टमले यसमा सर्पोट गर्ने छ ।

वानप्लस ३टी र वानप्लस ५ मा फेसअन्लक सुबिधा उपलब्ध गराईएको छ । फेस अन्लकमा १०० भन्दा धेरै युनिक फिचरको सहयाताले वानप्लस ५ र वानप्लस ३ टी खोल्न सकिने छ । यी फोनहरुमा अगाडिको क्यामेराको सहयताले काम गर्ने छन् । फिङगर प्रिन्टस्को सहयाता लिदा निकै धेरै समय लाग्ने भएकाले गर्नका लागि यसको प्रयोग गरिन्छ । यसको प्रयोगबाट ०.०७ सेकेन्डमा मोवाइल अनलक हुनेछ ।
फेसअनलक सिस्टम वानप्लस ५टी, वानप्लस ५ र वान प्लस ३टीमा बजारमा उपलब्ध स्मार्टफोन मध्ये सबैभन्दा छिटो खुल्ने छ ।

वानप्लस कष्टुमर अपरेटिङ सिस्टम ‘अक्सिजन’को डिजाइन सुबिधा र अनुकुलता सहित परिमार्जन गरिएको छ । जसको प्रयोगबाट प्रयोगकर्ताले भिन्न अनुभव गर्न सक्ने छन् ।

वान प्लस स्टार्ट अपले स्मार्टफोन उत्पादनको सुरुवात २०१३ देखि सुरु गरेको हो । कम्पनीले दाबी गरे अनुसार सर्वसुलभ मुल्यमा फ्याग्सीप स्मार्टफोन ल्याउने वान प्लस पहिलो कम्पनी हो । सुरुका दिनदेखीनै वान प्लसले एकद्धार प्रणालीमार्फत बिक्री वितरण गर्दै आइरहेको छ । जहाँ ग्राहकहरुले निश्चित समयमा गरिद गर्ने गरेका छन् । बिगतमा कम्पनीले बाहिरपनि स्मार्टफोनको बिक्री गर्ने गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *