बोक्सी आरोपमा कुटिएकी राधालाई भेट्न अस्पताल पुगे मुख्यमन्त्री

धनगढी,  फागुन २७ । बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएकी कैलाली घोडाघोडी नगरपालिका–५ देउकलीकी १८ वर्षीया राधा चौधरीलाई भेट्न ७ नं प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेती अञ्चल अस्पताल पुगेका छन् । त्यस अवशरमा उनले राधाको उपचार खर्च राज्य सरकारले ब्यहोर्ने र घटनामा संलग्नलाई कडा कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

उपचारमा रहेकी घाइते चौधरीलाई सेती अञ्तल अस्पतालमा आइतबार बिहान भेट गर्दै मुख्यमन्त्री भट्टले उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले ब्यहोर्ने जानकारी दिए ।

‘घटना दुखद भयो, २१ औं शताब्दीमा यस्तो घटना हुन नपर्ने हो,’ मुख्यमन्त्री भट्टले भने, ‘कुटपिटमा संलग्नलाई कडाभन्दा कडा कारवाहि गरिने छ । कुनै किसिमले पनि उम्कन दिईने छैन ।’

उनले समाजमा यस्ता घटना पुनस् दोहोरिन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

मुख्यमन्त्री भट्टले अस्पताल प्रशासनलाई घाइते चौधरीको उपचारमा कुनै प्रकारको कमी हुन नदिन समेत निर्देशन दिएको बताए । अस्पतालका चिकिस्तकहरुले चौधरीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको बताएका छन् । मुख्यमन्त्रीसंगै अस्पताल पुगेका प्रदेश समाजिक विकास मन्त्री दिर्घ सोराडीले पीडितको स्वास्थ्य उपचारसंगै राहात उपलब्ध गराउने बताए ।

राधालाई बिहीबार २३ वर्षिय रामबहादुर चौधरी, किस्मती चौधरी लगायतले बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरेका थिए ।

एमालेले बनायो छानविन समिति
उक्त घटनामा घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको संलग्नताका विषयमा एमाले जिल्ला कमेटीले छानबिन समिति गठन गरेको छ ।
मेयर चौधरी लगायत अन्य जनप्रतिनिधि, कार्याकर्ताहरुको बोक्सी घटना प्रकरणमा प्रत्यक्षरअप्रत्यक्ष संलग्नताको विषयमा छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको एमाले कैलालीले जनाएको छ ।

एमालेबाट निर्वाचित चौधरीले पीडकलाई बचाउन खोजेको आरोप लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *