दलित भनेर कोठामा बस्न नदिने घरबेटी पक्राउ

काठमाडौँ, फागुन २४ । सानो जातकालाई कोठा नदिने भन्दै अग्रिम रकम लिएर पनि कोठामा बस्न नदिने अनामनगरकी घरधनी कमला गौतम पक्राउ परेकी छन् । गौतम विरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

फागुन २० गते पत्रकारद्धय विक्रम सुनार र रिमराज सुनार तथा मिलन विश्वकर्माबाट अग्रिम रकम लिए पनि जात थाहा पाएपछि कमलाले आफ्नो घरमा बस्न नदिने बताएकी थिइन् । मिलन विश्वकर्मा आर्थिक अभियान, विक्रम सुनार इमेज टेलिभिजनमा कार्यरत छन् भने रिमराज सुनारले स्नातकोत्तर अध्ययन गर्दैछन् ।

प्रहरी नायव उपरिक्षक रवि पौडेलले गौतम विरुद्ध अदालतमा मुद्दा दायर भएको जानकारी दिए । उनले भने, ‘छानविन प्रक्रिया सुरु भएको छ, नसकिदा सम्म थुनामा राख्छौँ ।’

जातीय छुवाछुत तथा जातीय कसुर सजायँ ऐन–२०६८ ले विभेद गर्नेलाई एक महिना देखि पाँच वर्ष सम्म कैद वा पाँच सय देखि २५ हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजायँ हुन सक्ने व्यवस्था गरेको छ ।

कोठा बुक गरेर सामान लिएर पुग्दा घरधनी श्यामप्रसाद र कमलाले फर्काएको मिलनले बताए । उनले भने, ‘कमलाले तपाईसँग जात नमिल्ने भएकाले कोठा दिन मिल्दैन भन्नु भयो । अहिले सम्म दलितलाई आफ्नो घरमा नराखेको भन्दै अभद्र व्यवहार पनि गर्नुभयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *