राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

काठमाडौं, फागुन २४ । राष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । दिउँसो दावी विरोध समय तोकिएको छ ।

निर्वाचन आयोगका अनुसार साँझ ५ बजे उम्मेद्वारहरुको नामावली प्रकाशन गरिनेछ । त्यसपछि उम्मेद्वारहरुलाई नाम फिर्ताका लागि आधा घण्टाको समय दिईने । साँझ ६ बजे राष्ट्रपतिका उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिनुभयो ।

फागुन २९ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । उम्मेदवारी दर्तासँगै हिजै देखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको छ । सबै सरकारी निकाय र व्यक्तिलाई निर्वाचन आचारसंहिता लागु हुनेछ ।

आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता छन् । राष्ट्रपतिका लागि बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रस नेता कुमारी लक्ष्मी राईको उम्मेद्वारी परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *