एन आई सी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरिमा 

काठमाडौं, फागुन २३ । एन आई सी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरि गा.पा. वडा नं. ०७, मनहरिमा खुलेको छ । मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी शाखाको आज एक समारोहका बिच उद्घाटन गरेका छन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । मनहरि शाखाको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *