काश्मिरमा छ को मृत्यु

भारत, फागुन २२ । भारत अधिनस्थ काश्मिरमा भएको एक प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा छ जनाको मृत्यु भएको छ ।

हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुलाई नियन्त्रण गर्न प्रहरीले सोमबार अश्रु ग्याँस प्रहार गर्नुका साथै लाठी चार्जसमेत गरेको थियो ।

प्रहरीबाट मारिएका छ जना मध्ये चार जना आमनागरिक रहेका अधिकारीहरुले जानकारी दिएका छन् ।
प्रदर्शनकारी र सुरक्षाकर्मीहरुको बीचमा झडप भएपछि तनावपूर्ण अवस्था सृजना भएकाले सरकारी निकायहरुले विद्यालय र इन्टरनेट सेवा बन्द गरिदिएका छन ।

एक जना प्रहरी अधिकारीले सुरक्षाकर्मीहरु र प्रदर्शनकारीहरुको बीचमा लामो समय झडप जारी रहेको एएफपीलाई जानकारी दिएका छन ।

लगातार लामो समयसम्म भएको झडपमा परी के कति जना घाइते भएका छन् भन्ने बारेमा यकिन हुन नसकेको सुरक्षा अधिकारीहरुको भनाइ छ ।

गत आइतबार साँझ पनि काश्मिरको भारत अधिनस्थ सोपिन जिल्लामा रहेको एक जाँचचौकीमा शंकास्प्रद लडाकू र सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा चार व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *