पूर्वेली शहर धरानमा बढ्दै डिपार्टमेन्टल स्टोर

धरान, फागुन २१ । सुनसरीको इटहरी—उपमहानगरपलिकामा मुख्य कार्यालय रहेको गोर्खा डिपार्टमेन्ट स्टोरले सुनसरीको धरानमा आउँदो फागुन २५ गतेबाट आफनो पाचौ शाखा सञ्चालनमा ल्याउने भएको छ ।

सोमबार स्टोरका सञ्चालक बलराम आचार्यले धरान ८ स्थित धनकुटे रोडमा निर्माणधिन रहेको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सो स्टोर सञ्चालनमा आउन लागेको कुरा जानकारी दिए ।

सहज रूपमा किनमेल गर्न सकिने अनि गुणस्तर पनि राम्रो हुने भएकाले डिपार्टमेन्टल स्टोरहरूमा सर्वसाधारणको भीड लाग्ने आशा ब्यक्त गर्दै आचार्यले डिपार्टमेन्टल स्टोरले विभिन्न सामान एकैथलोमा पाइने भएकाले व्यस्त समयलाई सदुपयोग गर्न धेरैको रोजाइ डिपार्टमेन्ट हुने गरेको बताए ।

डेढ दशक अघिसम्म बजार घुमेर विभिन्न समान किन्ने ग्राहकलाई डिपार्टमेन्टले एउटै छानामुनि समेटेका छन् । नुनदेखि सुनसम्म किन्न पाइने भएकाले ग्राहकको आकर्षण बढ्दो छ । ग्राहकको आकर्षण बढेपछि एक नम्बर प्रदेशको ठूला तथा साना बजारहरूमा समेत डिपार्टमेन्ट खुल्ने क्रम बढेको छ ।

यो प्रदेशमा साना ठूला गरी ६१ डिपार्टमेन्टल स्टोर खुलिसकेका छन् । तिनमा दैनिक ९० हजार ग्राहकले खरिद गरिरहेको गोर्खा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यको दाबी छ ।

धरान क्षेत्रमा खुल्दै गरेको सो डिपार्टमेन्ट स्टोरको लगानी १ अर्ब २५ करोड रहेको छ भने स्टोरमा सुबिधा सम्पन्न गोरखा किचन सहित मनोरञ्जनका लागी २ बटा मल्र्टी कम्प्लेक्स फिल्म हलको समेत ब्यवस्था गरिएको सम्मेलनमा आचार्यले जानकारी दिएका छन् ।

अहिले डिपार्टमेन्टमा दैनिक उपभोग्य सामान, पेय पदार्थ, सौन्दर्य सामग्री, विद्युतीय सामान, तयारी पोसाक, जुत्ताचप्पल, सुनचाँदी, भान्साका सामान लगायत वस्तु पाइन्छ ।

धरान र चतरामा पनि डिपार्टमेन्ट खुल्नुका साथै मोरङको विराटनगर, बेलबारी, विराटचोक, पथरी, उर्लाबारी,दमक र लेटाङमा पनि शाखा खुलेका छन त्यस्तै इलाम र पाँचथरमा पनि यस्ता स्टोर खुलेका छन् ।

दिनदिनै मानिस व्यस्त बन्दै गइरहेको अहिलेको अवस्थामा सबै आवश्यक सामान एकै ठाउँमा उपलब्ध हुने भएकाले डिपार्टमेन्ट मानिसको जीवनशैली बन्दै गएको आचार्यले बताए । गोरखा डिपार्टमेन्ट स्टोरले २५० जनालाई रोजगारी समेतको अबसर प्रदान गरेको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *