राजेश हमालबारे केही रोचक कुराहरु

नेपाली सिने जगतका महानायकको नाम सुन्ने बित्तिकै जोकोहीले पनि राजेश हमालको आकर्षक र स्वस्थ शरीर सम्झिहाल्छन् । उमेरले पाँच दशक पार गरेपनि  यी नायकको शरीर अझै पनि २५ वर्षे युवाको भन्दा कम छैन ।  उनि उस्तै फिट र स्वस्थ देखिन्छन् ।  हमाल नेपालमा महानायकका रुपमा समेत चिनिन्छन् । उनी बारे केही रोचक तथ्यहरु यस्ता छन् ।

जन्म
नेपाली फिल्म जगतका महानायक बनेर चिनीएका राजेश हमाल उर्फ राजेश दाई को जन्म वि स २०२१ जेष्ठ २७ पाल्पाको तानसेनमा भएको थियो । उनको बाल्यकाल को नाम रामसिंह हमाल थियो ।

पहिलो फिल्म
सन १९९८ मा दीपक रायमाझीद्वारा निर्मित फिल्म युग देखी युग सम्म बाट नेपाली फिल्म जगत मा देखिएका नायकले पहिलो फिल्ममा नै बेस्ट हिरो को अवार्ड पएका थिए ।

अवार्ड
चर्चित नायक राजेश हमालको नेपाली फिल्म जगतमा ठुलो योग्दान रही आएको छ । उनी अहिलेसम्म ११८ भन्दा बढी राष्ट्रिय पुरस्कारबाट सम्मनित भई सकेका छन् ।

विवाह
राजेश हमालले ५० वर्षको उमेरमा बिहे गरेर सबै नेपालीहरुलाई चकित पारिदिए । उनलाई मन नपराउने नेपाली केटी शायद कमै होलान् । धेरैको मुटुका ढुकढुकी राजेश हमालको मुटु कति खेर मधु भट्टराईले चोरेर लगिन् उनलाई पनि थाहा भएन । त्यपछी दुवै विवाहको अटुट बन्धनमा बाधिन पुगे ।

फिल्म
२३० भन्दा धेरै नेपाली र एउटा पन्जाबी फिल्म खेलेका राजेश हमालले नेपाली फिल्म उधोगमा धेरै हिट फिल्महरु दिइसकेका छन् । नेपाली फिल्म जगतका पर्यायवाची बनेका यि नायकले दर्शकलाई युग देखी युग सम्म, देउता, चट्याङ, अपराध, सडक, पृथ्वी, जस्ता दर्जनौं हिट फिल्म दिएका छन् ।

शिक्षा
हमालका बाबु रुसका लागि नेपाली राजदुत थिए । त्यसकारण उनले अध्ययनलाई राम्रैसँग अगाडी बढाउन पाए । उनले Chandigarh University बाट English literature मा MA डिग्री गरेका थिए।

कमाई
राजेश हमालले एउटा फिल्म खेलेको २१०००० लिने गरेका छन् ।

मनपर्ने कलाकार
राजेश हमाललाई मनपर्ने नायिका करीश्मा मानन्धर हुन् । त्यस्तै, मनपर्ने गायक राजेश पायल राइ हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *