फेसबुकमा भर पर्ने न्युुज पोर्टलहरुलाई असर : चर्चित वेबसाइट ‘लिटिल थिङ्स’ बन्द

काठमाडौं, फागुन २१ । महिलाहरूका प्रेरणादायक विषयवस्तु तथा ‘हाउ टू’ मा केन्द्रित सामग्री पस्किने विश्वचर्चित वेबसाइट ‘लिटल थिङ्ग्स’ शनिबारबाट बन्द भएको छ । सन् २०१५ मा सबै भन्दा लोकप्रिय फेसबुक पोस्ट रहेको यो वेवसाइट फेसबुकले ल्याएको परिवर्तित नीतिको कारण बन्द भएको हो ।

फेसबुकले समाचार प्रकाशकहरूले गरेको भन्दा प्रयोगकर्ताका साथीहरूले गरेका पोस्टलाई महत्व दिन थालेको प्रमाणका रुपमा यसलाई हेरिएको छ ।

सन् २०१६ मा मात्रै अमेरिकामा रहेको सिटी नेसनल बैँकबाट ‘लिटल थिङ्ग्स’ले ठूलो ऋण लागानी पाएको थियो । त्यतिबेला लिटल थिङ्ग्स संसारकै सबैभन्दा ठूलो अनलाइन लाइफस्टाइल प्रकाशक मध्येमा गनिन थालिएको थियो । तर, विगतका केही महिनाहरूमा कम्पनीले असहज स्थितिको सामना गर्नुपर्यो । बिजनेस इन्साइडरले छापेको सीइओ जि स्पाइजरले आफ्ना कर्मचारीहरूलाई लेखेको पत्रमा पनि त्यही कुरा उल्लेख गरिएको छ ।

स्पाइजरले पत्रमा भनेका छन्, ‘गत वर्षको अगस्ट महिनादेखि कम्पनीले ठूलो नोक्सान भोग्न थालेको थियो तर, लिटल थिङ्सले छिट्टै नै बदलिँदो परिस्थिति अनुसार आफूलाई ढाल्यो र नयाँ आर्थिक स्रोतहरू पहिचान गर्यो ।’ स्पाइजरले ठूला मिडियाहरूलाई उनको संस्था किनिदिन पनि आग्रह गरे ।

त्यतिकैमा फेसबुकले फेरि आफ्नो अलगोरिदममा परिवर्तन ल्यायो । नयाँ अल्गोरिदम लागू भइसकेपछि फेसबुकले समाचार प्रकाशकहरूले गरेको भन्दा प्रयोगकर्ताका साथीहरूले गरेका पोस्टलाई महत्व दिन थालेको थियो । स्पाइजरका अनुसार यो परिवर्तनले लिटल थिङ्ग्सकमा आउने ट्राफिक ७५ प्रतिशतले घट्यो ।

‘फेसबुकले बेलाबखतमा आफ्नो अल्गोरिदम परिवर्तन गर्ने गरेको छ तर यो पुराना परिवर्तनहरूले यति ठूलो विनाश निम्त्याएका थिएनन् ‘, उनले पत्रमा लेखेका छन् , ‘हामीले आफूलाई निकै अप्ठ्यारो परिस्थितिमा पायौँ । लिटल थङ्ग्स एक्वायर गर्न तयार भएको कम्पनी पनि डराएर भाग्यो अनि हामीसँग बैँकलाई तिर्ने पैसा भएन । त्यसैले हामीले हाम्रो यात्रालाई यही विश्राम गर्नु पर्ने अवस्था आइपुग्यो ।‘

वेबसाइटका प्रधान सम्पादक माया मेक्कनले पाठकलाई गुडबाइ नोट लेख्दै भनेका छन्( ‘मेरा प्यारा पाठकहरू मैले यहाँहरूलाई मिस गरिरहने छु, यहाँहरूका प्रतिक्रियालाई मिस गरिरहने छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *