यूरोपमा शीत लहर, मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

यूरोप, फागुन २१ । यूरोपमा पछिल्लो हप्ता देखिएको शीत लहरको प्रभावका कारण मृत्यु हुनेको सङ्ख्या फेब्रुवरी २६ देखि आइतबारसम्म १८ पुगेको छ ।

यूरोपका विभिन्न मुलुकबाट प्राप्त जानकारी अनुसार शनिबार पहिले चिसोका कारण १५ जनाको मृत्यु भएको थियो भने शनिबार थप तीन जनाको मृत्यु भएको छ ।

अहिलेसम्म चिसोका कारण स्पेनमा सबैभन्दा धेरै छ जनाको मृत्यु भएको बताइएको छ ।

त्यसैगरी चिसोका कारण जनजीवन प्रभावित बनेको आएरल्याण्ड, जर्मनी, इटाली, नर्वे, बेलायत, हङ्गेरी र सर्वियामा सार्वजनिक रूपमा सूचना जारी गरी सम्बन्धित मुलुकका प्रशासनले चिसोबाट बच्न सावधानी अपनाउन निर्देशन दिएका छन् ।

कतिपय देशहरूमा चिसो अझै बढ्ने क्रममा रहेको जानकारी बेलायती सरकारी सुरक्षा केन्द्रले बताएको छ । यद्यपि बेलायतका केही भागमा भने उल्लेख्य मात्रामा चिसो घटेको बताउँदै डवलिन र कर्कका विमानस्थल सुचालु भएकाे केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *