पूर्व राजा ज्ञानेन्द्र पूर्वी नेपालको भ्रमणमा

काठमाडौं,  फागुन २० । पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार दिउँसो झापा पुगेका छन् । पूर्वराजा शाहसँगै पूर्वरानी कोमल पनि झापा पुगेकी छिन् । पूर्व राजा र रानी आइतबार दिउँसो साढे ३ बजे झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल आउँदा उनिहरुको भव्य स्वागत गरिएको थियो । विमानस्थलमा पुगेका पूर्व राजपरिवारलाई शुभेच्छुक तथा समर्थकहरुले फुलको मालाले स्वागत गरेका थिए ।

विमानस्थलबाट सोझै पूर्वराजा र रानी दमकस्थित हिमालय टी गार्डेनमा रहेको मिनी दरबार तर्फ लागेका थियो । पूर्वराजा र रानी झण्डै तीन हप्तासम्म झापामा बिभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ । झापा किन आउन लागेको भन्ने अहिलेसम्म केही खुल्न नसकेको जनाइएको छ । पूर्वराजाको यो झापा भ्रमण सुदूरपश्चिम र मध्यपश्चिमसँगै भारत भ्रमणको श्रृंखला हो भन्ने जानकारहरु बताउँछन् ।

केही दिन अघिबाट मठमन्दिर धाउँदै र जनतासँगै भेटघाट गर्दै गरेका पूर्व राजा पश्चिम नेपालको भ्रमण पछि भारतको उडिसा राज्यमा समेत पुजा पाठमा सहभागी भएका थिए । त्यहाँ हिन्दुवादीहरुले ज्ञानेनद्रलाई नेपालको राजाकै हैसियतमा सम्मान दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *