प्रतिनिधिसभाका सदस्यहरुले लिए शपथ

काठमाडौं,  फागुन २० ।  प्रतिनिधिसभाका सदस्यहरुले शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित अन्र्तराष्ट्रिय सम्मेलन केन्द्रको भवनमा प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण भएको हो ।

संघीय संसदका महासचिव मनोहर भट्टराइले उपस्थित सांसद सदस्यहरुलाई स्वागत गरेका थिए । भटराइको स्वागतपछि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका सांसद महन्थ ठाकुरले सांसदहरुलाई सपथ गराएका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मैथिलीमा शपथ लिएका ठाकुरले सांसदहरुलाई भने नेपालीमै शपथ गराएका हुन् । शपथ ग्रहणका लागि सांसदहरु आफ्नो भेषभुसा र पहिरनमा संसद भवनमा पुगेका थिए । कोहीले बख्खु लगाएका छन् भने नेवार समुदायका सांसद पारम्परिक पोशाकमा सजिएका छन् । मधेसी मुलका सांसद कुर्ता पाइजामा र फेटामा देखिए ।

स‌सदमा २७५ सा‌सद छन् ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *