वडा कार्यालय बनाउन ५० लाखको जग्गादान

धरान, फागुन १९ । सुनसरीको बराहक्षेत्र नगरपालिमा वडा नं ४ को वडा कार्यालयको भवन निर्माणका लागि निशुल्क जग्गा दान गरिएको छ ।
झुम्का – चतरा सडक खण्ड अन्तरको धनपुरी देखि १ हजार मिटर भित्र ५० लाख बराबरको ५ कठ्ठा प्रमिला कार्की र बिष्णु कार्कीले प्रदान गरेका छन् ।

बराहक्षेत्र नगरपालिका वडा नं ४ का को वडा कार्यालय बनाउन जग्गा दान गरिएको वडा अध्यक्ष आशाराम चौधरीले जानकारी दिए ।

जग्गादाता बिष्णु कार्की पुर्ब जिल्ला पञ्चायत सदस्य रहेर काम गरि सकेका छन् । जग्गादाता कार्कीले कागजमा मात्र हैन ब्यवहारमा पनि वडा कार्यालय बन्छ भने कुरामा वडा कार्यलयका वडा अध्यक्ष चौधरी नगरपालिकाका नगर प्रमुख निलम खनालसंग बिश्वस्त पार्न आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *