विकास रनिङ शिल्डको उपाधि एपीएफले जित्यो

भरतपुर १९ फागुन । नारायणगढको क्याम्पाचौरमा भएको १३ औं टुबोर्ग विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । एपीएफले थ्रिस्टार क्लबलाई शून्यका विरुद्ध एक गोल प्रहार गरी विजयी भएको हो ।

खेल सुरु भएको ५ मिनेटमा एपिएफका २१ नम्बरका खेलाडी बिकु लामाले गरेको गोल नै खेलभरि नै निर्णायक गोल बनेको थियो । निकै राम्रो खेल खेलेको एपिएफले खेल अवधिभर नै बल कव्जामा राखेको थियो । थ्रिस्टारको ३ वटा प्रहार क्रस बारमा लागेको थियो । अन्य गोल गर्ने मौका पनि थ्रिस्टारले गुमाएको थियो ।

१२ टिम सहभागी भएको यस प्रतियोगितामा पहिलो भएको एपिएफले नगद ५ लाख शिल्ड र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा उपविजेतामा चित्त बुझाएको थ्रिस्टार क्लबले नगद २ लाख ५० हजार शिल्ड र ट्रफी प्राप्त गरेको छ ।

फाइनल खेलको म्यान अफ दि म्याज एपिएफकै बिकु लामा घोषित भएका थिए । उनले नगद १० हजार प्राप्त गरेक थिए । म्यान अफ द टुर्नामेन्ट एपिएफकै रमेश दंगालले प्राप्त गरेका छन् । टुर्नामेन्टको राशि नगद ५० हजार रहेको छ । खेलको फेयर प्ले अवार्ड घरेलु टोली नारायणगढ फुटबल क्लब हात पारेको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *