मातृभाषामा सपथ लिन सांसद्ले दिए निवेदन, संघीय सांसद्‌को सपथ भोलि

 काठमाडौं, फागुन १९ ।  संघीय सांसद्‌हरुको सपथ ग्रहण तयारी पूरा भएको संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कूल ३ सय ३४ सांसदले भोलि नयाँ बानेश्वरस्थित संसद् भवनमा सपथ लिने भएका हुन्।

संघीय संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले आफ्नै मातृभाषामा सपथ लिन पाऊँ भनी विभिन्न सांसदबाट निवेदन आएको जानकारी दिए । ४२ जना सांसद्हरुबाट मातृभाषामा सपथ लिनका लागि निवेदन आएको उहाँले बताउनुभयो।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेका लागि संसद्को पहिलो अधिवेशन आह्वान गरेकाले २० गते नै सांसद्हरुको सपथ ग्रहण तोकिएको हो। संसद् अधिवेशन आह्वान नभएका कारण प्रतिनिधिसभा सदस्यको शपथ हुन सकेको थिएन।

संघीय संसदको पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संविधानमा व्यवस्था छ। ***

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *