राप्राले सत्तासिन दलसँग छलफल गर्दै

काठमाडौं, असार २६ । सरकारमा हुने सहभागिताका विषयमा राप्रपाले आज सत्तासिन दलसँग छलफल गर्दैछ । सरकारमा जाने–नजाने निर्णय लिन बनेको वार्ता समितिले आज सत्तासिन नेपाली कांग्रेस र माओवादी केन्द्रसँग छलफल गर्नेछ ।

संसदीय दलको हिजो आईतबार बसेको बैठकले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा वार्ता समिति बनाएको छ । समितिलाई सरकारमा सहभागिताको विषय टुंग्याउने अख्तियारी दिएको हो ।

सरकारमा सहभागि हुन उपप्रधानमन्त्रीसहित ५ मन्त्री दिनुपर्ने राप्रपाको माग छ । राप्रपाले सम्मानजनक हैसियत पाए मात्रै सरकारमा सहभागी हुने बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *