लागुऔषध सहित २ भारतीय पक्राउ

धनगढी, फागुन १६ । लागुऔषध ब्राउन सुगर सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । क्षेत्रीय अनुसन्धान समुह आरआईटी ७ नम्बर प्रदेश बाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई धनगढीको शिवपुरी धाम परिसरबाट ३५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।पक्राउ हुनेमा भारको उत्तर प्रदेश लखीमपुरका ३० वर्षे सागर चौधरी र सोहि ठाउका ३५ वर्षका धर्म सिंह राना रहेका छन् । पक्राउ परेका अभियुक्त भारतबाट ब्राउन सुगर ल्याएर नेपालको विभिन्न ठाउमा विक्री गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

उनीहरुलाई अनुसन्धानको लागि अहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *