नेपालमा रोजगारीका लागि आउने विदेशीको संख्या बढ्दो

काठमाडौं, फागुन १६ । स्वदेशमा रोजगारी पाइएन भन्दै युवायुवती विदेश पस्ने क्रम जारी रहेको बेला नेपालमा रोजगारीका लागि आउने विदेशीको संख्या बर्सेनी बढ्दो छ ।

विश्वमा विकसित अमेरिका, बेलायत जस्ता मुलुकका नागरिक पनि रोजगारीका लागि नेपाल आउने गरेका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।

नेपालबाट बाहिरिने जनशक्तिको तुलनामा यहाँ आउने विदेशीको पारिश्रमिक पनि निकै राम्रो हुने गरेको पाइएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको औसत मासिक पारिश्रमिक ४० हजार जति हुने गरे पनि र विदेशीको भने दुई लाख रुपैयाँ हाराहारी हुने गरेको बताइन्छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले पारिश्रमिक पाउनुको साटो समस्यमा पर्ने गरेपछि त्यस्तालाई गन्तव्य मुलुकबाट घर परिवारले फर्काउन थप लगानी गरेर फिर्ता गर्नुपर्ने अवस्था समेत छ ।

श्रम विभागका अनुसार आर्थिक बर्ष २०७२/७३ मा एक हजार चार सय ७२ विदेशीले श्रम स्वीकृति लिएका (नवीकरणसहित) थिए ।

आर्थिक बर्ष २०७३/७४ मा एक हजार नौ सय ७२ विदेशीले श्रम स्वीकृति लिएका छन् । ३०७३/७४ मा श्रम स्वीकृति लिनेमा सबभन्दा बढी विदेशी निर्माण क्षेत्रको काम गर्न आएका हुन् ।

पछिल्लो समय नेपालमा जलविद्युत आयोजना बन्ने क्रम बढेकाले विदेशी कामदार आउन थालेका र त्यस्ता कामदारमा सबभन्दा बढी चिनीयाँ नागरिक रहेको विचागका कर्मचारी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *