फोरमलाई सरकारमा ल्याउन सहमतीको ड्राफ्ट तयार, बुधबार हस्ताक्षर हुने

काठमाडौँ, फागुन १५ । संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन एमाले र माओवादीले फोरमसँग सहमती जुटाएका छन् । एमाले र माओवादीबीच बुधबार सहमतिमा हस्ताक्षर हुने गरि सहमति भएको छ ।

तीन दलका दोस्रो तहका नेताहरुले जुटाएको सहमतिको ड्राफ्ट अब शीर्ष नेताहरूबीच छलफलपछि हस्ताक्षर हुने छलफलमा सहभागी एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।

फोरमले उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने समझदारी यसअघि नै भैसकेको छ । यादव परराष्ट्रमन्त्री बन्ने गरि सरकारमा सहभागी हुने भएका छन् । फोरमले शिक्षा मन्त्रालय र उपसभामुखसमेत माग गरेको र प्रधानमन्त्री ओली फोरमलाई दुइ मन्त्रालय र उपसभामुख दिन तयार भएको बताइएको छ ।

फोरमसँग एमाले र माओवादीले संविधान संशोधन गर्ने, संघीय सीमाङ्कन आयोग गठन गर्ने विषयमा सहमति हुन् लागेको हो । संविधानको धारा २९५ मा संघीय सीमाङ्कन आयोगको प्रस्ताव रहेको छ ।

फोरमले यस अघि प्रदेशको संख्या र सीमाङ्कन हेरफेर गर्ने शक्तिशाली आयोगको माग गर्दै आएको भएपनि अहिले सीमाङ्कन आयोग स्वीकार गर्न तयार भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *