चार मन्त्रीले लिए सपथ

काठमाडौं, फागुन १४ । नवनियुक्त चार जना मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।

एमालेबाट महासचिव ईश्वर पोखरेल र डा. युवराज खतिवडा, माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र मातृका यादवले शपथ लिएका छन् ।

पोखरेलले रक्षा, खतिवडाले अर्थ, थापाले गृह र यादवले उद्योगमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

बाँकी मन्त्री मन्त्रीहरुको सपथ भोली हुने सम्भावना रहेको बताइएको छ । संघीय समाजवादी फोरमलाई समेत समेटेर प्रधानमन्त्री केपी ओलीले सरकारलाई पुर्णता दिने तयारी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *