सिरहा क्याम्पसको तालाबन्दी छ महिना पछि खुल्यो

लहान, फागुन १४ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु र क्याम्पस प्रशासनबीच वार्ता सहमति भएपछि सिरहा क्याम्पसको तालाबन्दी आजबाट खोलिएको छ ।

क्याम्पस प्रशासनसँग सात बुँदे सहमति भएपछि सदरमुकाम सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा गत असोज पहिलो सातादेखि लगाइएको तालाबन्दी छ महिना पछि आज खोलिएको हो ।

गैरकानूनी नियुक्तिमा रोक लगाउनुपर्ने, आर्थिक पारदर्शीता गर्नुपर्ने, शुल्क वृद्धि रोक्नुपर्ने, क्याम्पसमा शैक्षिक सुधारलगायतका आफूहरुका माग फागुनभित्र पूरा गर्ने गरी सहमति भएको  सिरहाका अध्यक्ष सुदन कुसियैतले बताए ।

क्याम्पस प्रशासनले लिएको समयभित्र माग पूरा गर्ने प्रक्रिया अघि नबढाइए कडा आन्दोलन गर्ने अध्यक्ष कुसियैतले चेतावनी दिए ।

क्याम्पसमा देखा परेका सबैखाले समस्याको निकास दिन आफू सक्रिय भएर लाग्ने क्याम्पस प्रमुख कृष्णकुमार यादवले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *