अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को आवेदन फारम खुल्ला

काठमाडौँ फागुन ११ । अक्षरा जुनियर प्रिन्सेस स्कुलले सातौें संस्करणको ‘अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१८’को प्रतियोगिताको लागि आवेदन फारम खुल्ला गरेको छ ।

आवेदन फारम यही चैत्र ११ गते सम्म भर्न सकिनेछ भने चैत्र १५ गते मङ्गलवार पहिलो चरणको छनौट पनि सञ्चालन हुने छ र प्रतियोगीहरुको प्रशिक्षण चैत १६ बाट सुरु गरिने छ ।

वार्षिक परीक्षा सकेर एक महिना फुर्सदमा रहने बालिकाहरूको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकासका लागि सिजन मिडियाले विगत ७ वर्ष देखि निरन्तर रूपमा कक्षा २ देखि ७ सम्म अध्ययनरत छात्राहरूमा लक्षित गरी अक्षरा जुनियर स्कुल प्रिन्सेस प्रतियोगिता आयोजना गर्दै आएको थियो ।

यस वर्ष देखि भने कक्षा ८ र ९ मा अध्ययनरत छात्राहरूलाई पनि समावेश गर्ने गरी आवेदन फारम खुल्ला गरेको छ ।

गत वर्ष जस्तै अबको ५ वर्षको लागि अक्षरा स्कुलसँगका सहकार्यमा यस कार्यक्रमलाई निरन्तरता दिन शुक्रवार अक्षरा स्कुलमा आयोजक संस्थाका अध्यक्ष प्रदीपराज वन्त र अक्षरा स्कुलकी संस्थापक प्राध्यापक अन्जु भट्टराई बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बालबालिकाहरूलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धी विभिन्न प्रशिक्षण दिइने छ । बाल उपायोगी प्रशिक्षण, विज्ञबाट गराइने पनि वन्तले जानकारी गराए । प्रतियोगीहरुलाई साँगा स्थित काठमाडौँ फोन भ्यालीमा पौडी, नारायणहिटि दरबार संग्राहालय, छाउनी सङ्ग्रहालय, गोदावरी वनस्पति उद्यान, जाउलाखेल चिडियाखान अपाङ्ग वालगृह, एभीयसन म्यूजीयम,चन्द्रागिरी केवलकार भ्रमण, घोडाचडी, वोटीङ गराउने साथै विभिन्न स्थानको भ्रमण गराइने छ ।

यस प्रतियोगितामा प्रतीयोगीहरुको विभिन्न आन्तरिक प्रतिभाहरू बिच पनि प्रतियोगीतात्मक कार्यक्रमहरू गरी विभिन्न विधामा पुरस्कृत पनि गरिने छ । जस्तै नृत्य गायन वत्तित्वकला,आर्ट पेन्टीङ र विभिन्न मनोरन्जनात्मक खेलहरूमा सहभागी गराइने छ । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गर्नेछन् भने ड्रेस डिजाइन अफिसियल डिजाईनरको रूपमा भूमि कलेक्सनले गर्नेछ ।

अक्षरा जुनियर स्कुल प्रिन्सेस–२०१८ को चयन भने ९ र १० वैशाखमा जमल स्थित नाचघरमा भव्य समारोह माझ हुने छ । यो प्रतियोगितामा जुनियर स्कुल प्रिन्सेस–२०१८की वितेजाले साइकल, मोबाइल, ट्याव लगायतका विभिन्न उपहार प्राप्त गर्ने छन् । सह विजेता र उप विजेताले पनि विभिन्न उपहार प्राप्त गर्नेछन् । प्रतियोगितामा विभिन्न उपाधि पनि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *