मन्त्रालय अब १८ वटा मात्रै, प्रधानमन्त्री अाेलीकाे राजनीतिक सल्लाहकारमा रिमाल नियुक्त

काठमाडौं, फागुन ११ । सरकारले मन्त्रालयको संख्या अठार मात्रै कायम गरेको छ । नयाँ संबिधान अनुसार पच्चिस भन्दा बढि मन्त्री राख्न नमिल्ने भएपछि प्रधानमन्त्री कार्यालय सहितका ३१ मन्त्रालयलाई अठारमा सिमित गरिएको हो । आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयको संख्या घटाएर कार्यभार टुंग्याएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालय बनाइएको छ । यसैगरी कृषि, पशु विकास र भूमिसुधार मन्त्रालय गाभिएर कृषि, सहकारी तथा भूमिव्यवस्था मन्त्रालय भएको छ । सिँचाइ, ऊर्जा र खानेपानी मन्त्रालय गाभिएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनेको छ ।

यसैगरी वन र वातावरण मन्त्रालय गाभिएर वन तथा वातावरण मन्त्रालय बनाइएको छ भने महिला, बालबालिका र श्रम तथा रोजगार मन्त्रालय पनि गाभिएको छ । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय गाभेर शिक्षा तथा विज्ञान प्रविधि र युवा खेलकुद मन्त्रालय बनाइएको छ भने संघीय मामिला, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ ।

विभिन्न समय बनेका सरकारले यसअघि सुरुमा १८ को संख्यामा रहेको मन्त्रालय बढाउँदै २१, २५, २७ हुँदै ३१ वटासम्म पु¥याएका थिए । सरकारद्वारा विभिन्न समयमा गठन गरिएका प्रशासन सुधार आयोग तथा प्रशासन पुनःसंरचना समितिले मन्त्रालयको संख्या १५ वटासम्म मात्रै कायम गर्न सुझाव दिएको थियो ।

त्यस्तै बैठकले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाललाई नियुक्त गरेको छ । रिमाल ओली प्रधानमन्त्री हुँदा यसअघि पनि राजनीतिक सल्लाहकार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *