फजुल खर्चको पराकाष्ठा : सात महिनाको भ्रमण, तलब र इन्धन खर्चबापत १४ करोड

काठमाडौं, फागुन ९ । शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीहरूको जिल्ला भ्रमण, इन्धनलगायत शीर्षकमा मात्रै सात महिनामा १४ करोड ५८ लाख ५ हजार एक सय २७ रुपैयाँ सकिएको छ।

यो खर्च साउनदेखि माघसम्मको हो। ६४ सदस्यीय जम्बो मन्त्रिपरिषद् सदस्यको तलब, घुमघाम, इन्धन, महँगी भत्ता, सञ्चारलगायत शीर्षकमा यति खर्च भएको हो।प्रधानमन्त्री कार्यालयका अनुसार सात महिनामा मन्त्रीको तलबमा मात्रै ८ करोड ९० लाख ९८ हजार ६ सय २२ रुपैयाँ खर्च भएको छ।

यो रकम यसअघिका सरकारका पालामा हुनेभन्दा झन्डै ६० प्रतिशतले बढी हो। कार्यालय लेखा शाखाप्रमुख उपसचिव कृष्णप्रसाद देवकोटाले मन्त्रीहरू बढी भएकाले सबै शीर्षकमा सोचेभन्दा बढी खर्च भएको जानकारी दिए।

पछिल्लो सात महिनामा मन्त्रीहरूले घुमघाममा मात्रै २ करोड २८ लाख ६६ हजार ७ सय ४ रुपैयाँ सकाएका छन्। यो खर्च यसअघि सोही शीर्षकमा भएको खर्चको तुलनामा दोब्बरले बढी हो।

घुमेरै सकियो १ करोड १० लाख

देउवा नेतृत्वको जम्बो सरकारका मन्त्रीहरूले पुस र माघमा मात्रै जिल्ला भ्रमणमा १ करोड १० लाख सिध्याएका छन्। प्रधानमन्त्री कार्यालयले रकम अभाव भएपछि अधिकांशको भ्रमण बिल भुक्तानी दिन सकेको छैन। प्रधानमन्त्री कार्यालयले पुसमा मात्रै थप १ करोड माग गरेको थियो। रकम सकिएपछि मन्त्रीको भ्रमण खर्च भुक्तानीकै लागि थप ५० लाख माग्ने तयारी लेखा शाखाको छ।

सात महिनाको खर्च : १४५८०५१२७

तलब : ८९०९८६२२

घुमघाम : २२८६६७०४

विविध : १२४९०४१२

इन्धन : ८४८४६६३

कार्यालय सञ्चालन तथा मर्मत सम्भार : ६६५७६२२

महँगी भत्ता : ३१५४७१८

कार्यालयसम्बन्धी छुट्टै खर्च : १२४८२८४

सञ्चार सुविधा : ११०२१४२

पोसाक : ७०१९६०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *