अग्नि खरेललाई महान्यायाधिवक्ता बनाउने तयारी

काठमाडौं, फागुन ८ । सरकारले पूर्वमन्त्री अग्नि खरेललाई महान्यायाधिवक्तामा नियुक्त गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा खरेलको नाम सिफारिस गरेका छन् ।

संविधानको धारा १ सय ५७ को उपधारा २ मा सरकारको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने प्रावधान छ ।

 

बरिष्ठ अधिवक्ता रहेका खरेल यसअघि कानून मन्त्री समेत भएका थिए । सरकारको मुख्य कानूनी सल्लाहकार रहने महान्यायाधिवक्ता राज्यमन्त्री सरहको पद हो ।

 

सर्वोच्च अदालतमा रिट दायर
अधिवक्ता दिपेन्द्र झालाई प्रदेश २ का मुख्यन्यायाधीवक्तामा नियुक्त गर्नु गैरसंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । संविधानमा उल्लेख भएको व्यवस्था बमोजिम योग्यता नपुगेको भन्दै झाको नियुक्तिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।

अधिवक्ताद्धय डिल्ली प्रसाद न्यौपाने र मधुर पाठकले दायर गरेको रिटमा संवैधानिक व्यवस्था अनुसार सो पदमा योग्य व्यक्तिलई मात्रै सिफारिस र नियुक्ति गर्न भन्दै परमादेश लगायत उपयुक्त आदेशको माग गरिएको छ ।

साथै, रिटको अन्तिम टुंगो नलागे सम्म काम नगर्न/नगराउनु भनी अन्तरीमको आदेशको माग समेत गरिएको छ ।
झालाई गत आईतबार प्रदेश २ को मुख्यन्यायाधीवक्तामा नियुक्त गरिएको थियो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *