राष्ट्रिय क्रिकेट टोलीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं, फागुन ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई ३/३ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ लाख दिने बताए ।

यस्तै, मदन भण्डारी स्पोर्टस एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेका छन् ।

नामिबियामा भएको डिभिजन टूमा उपविजेता बनेको नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ । विश्वकप छनोट खेल्न नेपाली टोली शनिबार जिम्बावे जाने कार्यक्रम छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *