आलोपालोे प्रधानमन्त्री, राष्ट्रपति र सभामुखमा निरन्तरता

काठमाडौं, ७ फागुन । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पार्टी एकताको खाकाबारे सहमती भएको छ । एमाले र माओवादी केन्द्रले एकता घोषणा गर्नेगरि आज वा भोलिभित्रै लिखित प्रतिबद्धता ल्याउने तयारी गरेका छन् ।

स्रोतका अनुसार राष्ट्रपतिमा विद्या भण्डारीलाई निरन्तरता दिने र सभामुखमा ओनसरी घर्ती मगरलाई नै अघि सार्ने ओली–प्रचण्डवीच आन्तरिक सहमति बनेको छ।

स्रोतका अनुसार दुवै पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच हिजो भएको वान–टु–वान भेटवार्तामा पार्टीको नाम, नेतृत्व र बैचारिक राजनीतिक विषयमा सहमति जुटेको छ । पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहनेछ भने ओली र प्रचण्ड दुबै अध्यक्ष रहनेछन् । सहअध्यक्ष वा द्वि-अध्यक्ष के भन्ने पार्टी एकता संयोजन समितिले टुंगो लगाउनेछ ।

दुई नेताबीच आलोपालो प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर, अवधि तोकिएको छैन ।

वान–टु–वान वार्तामा एकीकृत पार्टीको नीति जबज र २१ औं शताब्दीको जनवादलाई आगामी महाधिवेशनसम्म लैजानेगरि सहमति भएको छ । महाधिवेशनले जे निर्णय गर्छ त्यसलाई मान्न दुवै पार्टीका नेताहरु तयार रहेको खुलासा भएको छ ।

त्यस्तै उनीहरुवीच सरकारमा दुवै पार्टीका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे पनि सैद्धान्तिक छलफल भएको छ ।

अध्यक्षद्धयलाई यतिबेला मुख्यरुपमा पार्टीका शीर्ष नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती खडा भएको छ । प्रचण्डका लागि पार्टीका तीन जना शीर्ष नेताहरु रामबहादुर थापा बादल, वर्षमान पुन अनन्त र जनार्दन शर्मा प्रभाकरको व्यवस्थापन गर्नुपर्ने चूनौति छ । भने ओलीका लागि पनि पूर्व प्रधानमन्त्रीद्धय माधव नेपाल र झलनाथ खनालको व्यवस्थापन पेचिलो बनेको छ ।

स्रोतका अनुसार प्रचण्ड यी तीन नेताहरुमध्ये कसलाई सरकारको नेतृत्व गरेर पार्टीबाट पठाउने भन्नेबारे अहिले होमवर्क गरिरहेका छन् । पार्टीभित्र यतिवेला बादलको नेतृत्वमा जानेबारे बहस हुँदै गर्दा अर्का नेता वर्षमानले आफूले नेतृत्व गर्नुपर्ने अडान दोहोर्याएका छन् । तर जनार्दन पनि सरकारमा जाँदा आफूले नेतृत्व गर्न पाउनुपर्ने भन्दै अड्डी कसिरहेका छन् ।

प्रचण्डजस्तै प्रधानमन्त्री ओली पनि पार्टीभित्र नेताहरुलाई सरकारमा कसरी सहभागी गराउने, कुन नेतालाई कुन जिम्मेवारी दिने भन्नेबारे आन्तरिक होमवर्कमा जुटेका छन् । झलनाथ खनाललाई राष्ट्रपति बनाउन ओली तयार भएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *