मोरङ ६ रंगेलीको मत पुन गणना गर्ने निर्णय

मोरङ, २२ असार । स्थानीय तह निर्वाचन अन्तर्गत मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाको उपमेयरको अन्तिम मत परिणाममा विवादमा परेको छ। विवाद मिलाउन बसेको सर्वदलीय बैठकले वडा नं.६ को मत पुन गणना गर्ने निर्णय गरेको छ।
निर्वाचन समितिले चलखेल गर्दै पार्टी हारेको भन्दै स्थानीय काँग्रेस कार्यकर्ता आक्रोशित बनेपछि पुनःमतगणनाको निर्णय भएको हो। सर्वदलीय समितिले अन्तिममा गणना भएको वडा नं.६ को उपमेयरको मात्र गणना गर्ने निर्णय गरेको छ।
नगरपालिकाको उपमेयरको मत परिणाममा काँग्रेसलाई चित्त नबुझेपछि विवाद सिर्जना भएको हो। मतगणना अनुसार काँग्रेसबाट उपमेयर उम्मेदवार राधादेवी मण्डल ५ हजार ७ सय ८ मत र माओवादी केन्द्रकी उपमेयरकी उम्मेदवार केशवकुमारी खराल ५ हजार ७ सय २० मत प्राप्त गरेका थिए। माओवादीकी खराल १२ मत बढी पाएको देखिए पनि काँग्रेसले त्यसमा विरोध जनायो। काँग्रेसको विरोधका कारण निर्वाचन समितिले उनलाई विजयी घोषणा गर्न सकेन।
उपमेयरको गणनामा विवाद झिकेको काँग्रेसले वडा नं.६ को परिणामअनुसार आफ्ना उम्मेदवार ३ मतले अगाडि रहेको दाबी गर्दै आएको छ। निर्वाचन समितिले अन्तिम समयमा पार्टी प्रतिनिधिहरूलाई बाहिर पठाएर मत परिणाम निकालेको अरोप काँग्रेसको छ।
निर्वाचन समितिले चलखेल गर्दै पार्टी हारेको भन्दै स्थानीय काँग्रेस कार्यकर्ता आक्रोशित बनेपछि पुनःमतगणनाको निर्णय भएको हो। सर्वदलीय समितिले अन्तिममा गणना भएको वडा नं.६ को उपमेयरको मात्र गणना गर्ने निर्णय गरेको छ।
मेयरमा माओवादी केन्द्रका दिलीप अग्रवाल (बगडिया)ले ८ हजार ६८ मत ल्याई विजयी भइसकेका छन्। निकटम प्रतिद्वन्द्वी काँग्रेसका मोदराज घिमिरले ६ हजार १ सय ८६ मत प्राप्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *