प्रधानमन्त्री ओलीलाई पाकिस्तानबाट बधाई !

काठमाडौं, फागुन ५ । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई तथा शुभकामना दिएको छ। पाकिस्तानी विदेश मन्त्रालयले शुक्रवार वक्तव्य जारी गर्दै ओलीलाई त्यहाँका प्रधानमन्त्री सहिद खक्वान अव्वासीकाका तर्फबाट शुभकामना तथा बधाई सन्देश जारी गरेको हो। उक्त बधाई सन्देशमा ओलीको नेतृत्वमा यस क्षेत्रको विकास र शान्तिका लागि मिलेर काम गर्न आफूहरू तयार रहेको वक्तव्यमा उल्लेख छ।

सन्देशमामा पाकिस्तानले नेपाल पनि विकासको युगमा प्रवेश गरेको उल्लेख गरेको छ। बिहिबार नेपालको ४१ प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई सबैभन्दा पहिले बंगलादेशले शुभकामना दिएको थियो। त्यस्तै भारत, चीन, अमेरिकाले पनि उनलाई बधाई दिइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =