८५ उम्मेद्वारको जमानत जफत


“
धनकुटा, असार २२ । स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका ८५ जना उमेदवारको जमानत जफत भएको छ । प्रमुख र उप–प्रमुखमा ५/५, वडा अध्यक्षमा १८, महिला सदस्य १०, दलित महिला ७, सहित ४० जना खुल्ला सदस्यहरूको जमानात जफत भएको निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।
जमानत जफत हुने प्रमुख उमेद्वारहरुमा राप्रपाका बालानन्द भूर्तेल, नयांशक्ति पार्टी नेपालका गणेश पोखरेल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मन्चका इन्द्र बहादुर रसाईली, राष्ट्रिय जनमोर्चाका कैलाशमान पौडेल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अमृत कुमारी राई रहेका छन् ।
त्यस्तै उप–प्रमुखमा राप्रपाका तारा कुमारी तामाङ, सङ्घीय समाजवादी फोरमका सारकुमारी आठपहरीया राई, फोरम लोकतान्त्रिकका अम्बरबहादुर मल्ल ठकुरी, राष्ट्रिय जनमुक्ति पार्टीका शान्ता राई र स्वतन्त्र उम्मेदवार सावित्रा माया विश्वकर्मा रहेका छन् । यसै गरी वडा अध्यक्षहरुमा माओवादी केन्द्र र राप्रपाका ५÷५,फोरम लोकतान्त्रिकका ४, सङ्घीय समाजवादी फोरमका २ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जनमुक्तिका १/१ जना रहेका छन् ।
धनकुटा नगरपालिका वडा न. १ का वडा अध्यक्ष उम्मेदवार राप्रपाका शेरवहादर शाही, सङ्घीय लोकतान्त्रिक मञ्चका डिल्लीमान वनेम, वडा न २ का वडा अध्यक्ष उम्मेदवार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विकास राई, सङ्घीय समाजवादी फोरम नेपालका खिरेन्द्र राई, नेकपा माओवादी केन्द्रका गंगावहादुर राईको जमानत जफत भएको छ ।
यस्तै वडा न. ३ का वडा अध्यक्ष उमेदवार बनेका राप्रपाका यज्ञवहादुर कार्की, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जयबहादुर राई, वडा न.४ का नेकपा माओवादी केन्द्रका गोभा पाख्रिन, वडा न.५ का मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमिशा लिम्बु, नेकपा माओवादी केन्द्रका हरिवहादुर प्रधान, राप्रपाका राजेन्द्र श्रेष्ठ, सङ्घीय समाजवादी फोरमका सोमवहादुर राईको पनि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
यस्तै वडा न.६ का वडा अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका उत्तम खड्गी, राष्ट्रिय जनमुक्ति पार्टीका सन्तविर लामा तामाङ, मधेसी जनाधिकार फोरमका लिलाकुमारी प्रधानको जमानत जफत भएको छ भने वडा न.७ का वडा अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेन्द्र राई, वडा न. ८ का राप्रपाका भोलानाथ राई र वडा न. ९ का राप्रपाका किशोर भण्डारीको जमानत जफत भएको छ ।
सदस्यहरूको जमानत जफत हुनेहरुमा माओवादी केन्द्र र राप्रपाका १३/१३ जना, काँग्रेसका ४ जना, फोरम लोकतान्त्रिक, सङ्घीय लोकतान्त्रिक, सङ्घीय समाजवादी फोरम नेपालका ३/३ जना र नयाँ शक्तिका १ जना रहेका छन् । दलित महिला सदस्यहरूमा रापपाका ४ र माओवादी केन्द्रका ३ को जमानत जफत भएको छ । महिला उम्मेदवार तर्फ राप्रपाका ४, माओवादी केन्द्रका ३, सङ्घीय समाजवादी फोरम र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नयाँ शक्ति पार्टीका १÷१ जनाको जमानत जफत भएको छ । जम्मा ७ वटा स्थानीय तहका सबै अर्थात् ६० वडामा भएको निर्वाचनका लागि धनकुटा जिल्लामा ३ सय १४ पदका लागि १ हजार २६ जनाको उम्मेदवारी परेको थियो ।
“
