मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बर्दघाटमा एमाले विजयी

नवलपरासी, २० असार । बर्दघाट नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुख पदमा एमालेका धीरज शर्मा बस्याल १२ हजार ८१४ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वप्रेम पाठकले ११ हजार ७७४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा पनि १२ हजार ८९७ मत प्राप्त गरी एमालेकी मायादेवी पौडेल विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रमिताकुमारी चौधरीले ११ हजार ५७४ मत प्राप्त गर्नुभएको छ । रासस

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com