बेल्डाँडी गाउँपालिकामा एमाले विजयी

भीमदत्तनगर, १९ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।

आइतबार राति सम्पन्न मतगणनाबाट एमालेका उम्मेदवार धनबहादुर थापा बेल्डाँडी गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । तीन हजार २१५ मतसहित अध्यक्षमा निर्वाचित भएका थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रबहादुर सिंहले दुई हजार ५९६ मत प्राप्त गर्नुभयो ।

त्यस्तै बेल्डाँडी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै कमला कार्की तीन हजार १३७ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कृष्ण गिरीले दुई हजार २७५ मत प्राप्त गर्नुभएको छ । पाँचवटा वडा रहेको बेल्डाँडी गाउँपालिकामा कुल आठ हजार ३०७ मत खसेको थियो । दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा अब सात नगरपालिकाको मतपरिणाम आउन बाँकी रहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *