धरानमा काङ्ग्रेस – एमालेको कडा टक्कर

असार १८, धरान । पछिल्लो मत परिणाम अनुसार धरानमा नेपाली काङग्रेसको अग्रता तोड्दै नेकपा एमालेले अग्रता लिएको छ । धरान १ र २ वडाको मत गणना हुँदा एमालेलाई पछि पारेको नेपाली काङग्रेसले वडा नम्बर ३ र ४ को मत गणना हुँदा एमालेले अग्रता लिएको हो । यो समाचार तयार पार्दा नेकपा एमालेका मेयरका उमेद्धार तारा सुब्बाले ४६४३ मत ल्याएका छन् भने काङग्रेसका उम्मेदवार तिलक राईले ४२४३ मत ल्याएका छन् ।

माओवादी केन्द्र सहितका ९ दलिय गठबन्धनका मेयरका उमेद्धार अइन्द्र विक्रम बेघाले २७०४ मत ल्याएका छन् । नेपाली काङग्रेसका जिल्ला सचिव तथा निर्वाचन परिचालन मूल समितिका संयोजक सुजेन्द्र तामाङले अहिलेको मत परिणमबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । नेपाली काङग्रेसका पकड रहेको वाडहरु ५, ६, ७, ८, ९, ११, १२, १३, १४, १६, १७, १८ र २० को मत गणना भईसक्दा धरानमा सानदार जित हासिल गर्ने उनले बताए ।

नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मुरारी सबेदीले अब एमालेको अग्रता जीत हासिल नगरुनजेल कायम रहने दाबी गर्नुभयो । एमालेको पकड क्षेत्र रहेका वडानम्बर ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र २० वडा एमालेको बलियो सङ्गठन भएको र विगतमा पनि चुनाव जीत्दै आएको क्षेत्र भएकाले चुनाव जित्नेमा एमाले ढुक्क रहेको बताए । वडा नम्बर ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९ र २० मा तुलानात्मक रुपमा एमालेको सङ्गठनहरू बलियो भएको चर्चा गरिन्छ ।

पछिल्लो समय नेपाली काङग्रेसले पनि ती वडाहरुमा सङ्गठन बिस्तार गरेकाले प्रतिस्प्रधा निकै रोचक हुने अनुमान गरिएको छ । उता माओवादी केन्द्रका मेयरका उम्मेदवार अइन्द्र विक्रम बेघाले आफूले जित्ने आधारहरु बलियो हुँदै गएको बताए । अहिले मत गणना भएका वडाहरुमा हामीले अपेक्षा गरे भन्दा धेरै मत आएको छ अब धरानका ढुला वडाहरु ११, १५, १७ र १९ वडाहरुमा माओवादी केन्द्रको बलियो उपस्थिति रहेकाले चुनाव जित्नेमा आफू ढुक्क रहेको उनले बताए । यद्पी गणना भएको मत परिणाम अनुसार माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *