मकालु गाउँपालिका प्रमुखमा एमाले विजयी

२०७४ जेठ १५ गते

“
संखुवासभा, १८ असार– संखुवासभाको मकालु गाउँपालिकामा एमाले बिजयी भएको छ । एमालेका खड्ग कटुवाल १७१२ मतका साथ बिजयी मकालु गाउँपालिकाको प्रमुखमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राईबहादुर राईले ९५५ मत मात्रै प्राप्त गरे ।
उपप्रमुखमा पनि एमालेकै चमेली राई विजयी भएकी छन् । उनले १७९० मत ल्याएर जीत हासिल गर्दा कांग्रेसकी शान्ता बायिना १४७७ मतमा सीमित रहिन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित