पेट्रोलियम पदार्थको मूल्यबृद्धिको भत्सना

पुस १८, काठमाडौँ । देशभक्त गणतान्त्रिक मोर्चाले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिको भत्र्सना गरेको छ । मोर्चाले आज एक विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदमको भत्र्सना गरेको हो ।

सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेर जनताको दैनिक जीवनलाई प्रभावित बनाएको आरोप लगाउँदै मोर्चाले भर्खरै गरिएको मूल्यबृद्धिलाई तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

सरकारले पटक–पटक डिजेल, पेट्रोल, खाना पकाउने ग्याँसको मूल्य वृद्धि गरेर जनताको दैनिक जीवनलाई नराम्रो सँग प्रभावित पार्ने र कष्टकर बनाउने काम गरिरहेको मोर्चाका संयोजक सीपी गजुरेलद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।
सरकारले गय राती १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *