टोपी दिवस जनवरी १ मा कि मार्च १ मा ?

काठमाडौं, पुस १८ । विश्वले जनवरी १ तारिखलाई नयाँ वर्षका रुपमा मनाइरहँदा केही वर्षयता नेपालमा भने टोपी दिवस मनाउन थालिएको छ ।

नेपाली दाजुभाई तथा दिदिबहिनीहरु अन्यथा नलिनुहोला खासमा टोपी दिवस मार्च १ मा हो किनकी कुनैपनि संघसंस्थाले टोपी र धोतीको बारेमा नसोचेको समयमा भारतका एक अध्यात्मक गुरु श्री श्री रबिशंकर गुरुजी नेपाल आए र नेपाल र नेपालीहरुलाई नेपाली टोपी बर्षमा एक दिन मात्र भएपनि लगाएर मनाउ र राष्ट्रको सम्मान गर भनेर आग्रह गरेका थिए ।

जुन समय थियो १ मार्च र स्थान थियो सुनसरी जिल्लाको तत्कालिन धरान नगरपािलकाको पब्लिक उच्च मा बि जहा सम्बोधनको क्रममा उहाले नेपालीहरु धोती र टोपी बर्षैभरी नलगाएपनि १ मार्चको एक दिन मात्र नेपाल र नेपलाीलाई सम्झेर टोपी र धोती लगाई दिए राष्ट्रप्रतिको सम्मान हुनेथियो भनेर आग्रह गरेका थिए ।  सोही दिनदेखी नै नेपाली टोपी दिवस द आर्ट अफ लिभिङ धरानका भोलिन्टियरहरुबाट सुरुबात भएको हो ।

तर यसलाई नक्कल गर्दे फेसबुकको माध्ययमबाट नाराबाजी गर्नेहरु आज टोपी दिवको जन्मदाता भनेर प्रचार गरिरहेका छन यदि यो कुरा पत्याउनु हुन्न भने गुगल खोलेर हेर्न सक्नुुहन्छ तपाईहरु कि कस्ले कहावाट सुरुवात गरेको हो भनेर र एउटा कुरा हामीले टोपी दिवस मनाउदा हामीले हाम्रो राष्ट्रिय टोपी दिवसको नारा राष्ट्रि सास्कृति राष्ट्रिय शान यसलाई जोगाउने हाम्रो अभियान भन्ने नाम राखेका थियौ र देशैभरी रहेका द आर्ट अफ लिभिङका भोलिन्टीयर साथीहरु तथा द आर्ट अफ लिभिङ नामक संस्थामा गएको थियो त्यो नारा मैलै स्वयम नै लेखेको थिए । तर आज आएर अर्कौको नया बर्ष जनबरी एकलाई टोपी दिवको संज्ञा दिएर देश र राष्ट्र प्रतिको अपमानीत काम गरेको जस्तो मलाई लागेको छ ।

त्यसैले जो जस्ले जसरी यो दिनलाई टोपी दिवस बनाएपनि एकचोटी ह्दयमा हात राखेर सोच्नुहोस कि बास्तवीक नारा र सुरुवात गर्नै ब्यक्ति को र कहाका हुन भनेर रु आज मलाई गर्व छ राष्ट्रका हजारौ ब्यक्तिले एक दिन भएपनि हामीले सुरुवात गरेका टोपी दिवसलाई सम्झीरहेको छ । र अन्तमा हल्लाको पछि लागेर कुनै राष्ट्रिय दिवसको कुरा नगरौ सहि समय र सहि तरिकाले मनाऔ ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *