मोराटा म्याड्रिड छाडेर म्यानचेस्टर जाने

एजेन्सी – रियल म्याड्रिडका सेन्टर फरवार्ड अल्भारो मोराटा आउदो सिजन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आउने लगभग पक्का भएको छ । रियलको टोलीमा पहिलो रोजाइमा पर्न नसकेपछि मोराटाको माग ट्रान्सफर मार्केटमा बढेको हो । गत सिजन रियलका लागि २० गोल गरेका मोराटाका लागि म्यानचेस्टर युनाइटेडले ६० मिलियन सम्म तिर्न तयार रहेको छ । रियलबाट युभेन्टसमा २० मिलियन युरोमा पुगेका मोराटा इटालीमा सफल २ सिजन पछि ३० मिलियनमा पुनः रियल फर्किएका थिए । स्पेनी समाचार श्रोत मार्साका अनुसार मोराटा आफ्नो छुट्टि अन्त्य भएसँगै म्यानचेस्टर पुग्नेछन् । यसअघि एसी मिलनले पनि मोराटालाई भित्राउने प्रयास गरेको थियो ।

डेभिड डे हेयालाई युनाइटेडबाट रियलले किन्दा युनाइटेडले मोराटालाई माग गर्ने योजना बनाएपनि युनाइटेडले अस्विकार गरेपछि सो योजना बिफल भएको थियो । युनाइटेडले यसअघि डिफेन्डर भिक्टर लिन्डेलफलाई भित्र्याइसकेको छ ।

यस सिजन मोराटाले रियलसंगै लिग उपाधि र च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गरेपनि व्यक्तिगत रुपमा मैदानमा खेल्ने समय नपाउँदा उनि दुखित छन् । इटालीमा युभेन्टसबाट खेल्दा उनले प्रभावशाली प्रदर्शन गरेकाले पनि अन्य क्लबले उनलाई भित्र्याउन चाहेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *