काठमाडौंको तीनकुनेमा स्कुटर दुर्घटना, चालकको मृत्यु

काठमाडौं, पुस १८ । गएराति काठमाडौंको तीनकुनेमा स्कुटर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । महानगरीय प्रहरी बृत्त बानेश्वरका अनुसार सबा १२ बजे राति अनियन्त्रित भइ बा२२ प ७४०१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक गोपाल आलेको मृत्यु भएको हो ।

ललितपुर लुभु बस्दै आएका उदयपुरको गाइघाट घर भएका ४९ वर्षीय आलेलाई गम्भीर घाइते अवस्थामा फेला पारी उपचारका लागि सिभिल अस्पताल मीनभवन पठाइएकोमा अस्पतालमा उनको निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *