मेलम्ची आयोजनाको अम्बाथान-ग्याल्थुम सुरुङ खण्डको ब्रेक थ्रु

काठमाडौं, पुस १५ । मेलम्ची आयोजनाको सुरुङअन्तर्गत् अम्बाथान -ग्याल्थुम खण्डको ब्रेक-थ्रु आज हुने भएको छ । करिब ८ किलोमिटरको खण्डको ब्रेक-थ्रु आज गर्ने योजना रहेको आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिनुभयो ।

त्यसपछि ग्याल्थुम –सिन्धु सुरुङ मात्रै ब्रेक–थ्रु गर्न मात्रै बाँकी रहनेछ । उक्त खण्डको पाँच सय १५ मिटर खन्न बाँकी छ ।
आगामी चैतसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने आयोजनाको लक्ष्य छ ।

अर्को खण्ड पनि जनवरीभित्रै ब्रेक–थ्रु गर्ने योजनामा काम गरिरहेका देवकोटाले बताउनुभयो । दुवै खण्ड ब्रेक–थ्रु भएपछि सुरुङ खन्ने काम सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *