इन्सपेक्टरले काम नचलेपछि ओलीको सुरक्षाका लागि डिएसपी सानुराम भट्टराई भर्ती

काठमाडौं, पुष १४ । देश संघीयतामा गइसकेपछि संघीयताअनुरुप देशको पहिलो प्रधानमन्त्री बन्ने पक्का भएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा बढाइएको छ। दोस्रो पटक फेरि पनि प्रधानमन्त्री बन्ने ‘कन्फर्म’ भएपछि उनको सुरक्षाका लदागि प्रहरी प्रधान कार्यालयले उनको सुरक्षाका लागि हिजो बुधबारदेखि डिएसपी खटाएको छ।

 

यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए । तर, अब दास्रो चोटी प्रधानमन्त्री बन्ने पक्का भएपछि हिजो बुधबारदेखि डिएसपी सानुराम भट्टराईसहितको समूहले ओलीको सुरक्षा कडा पारेको छ ।

देशको सबैभन्दा ठुलो पार्टीको अध्यक्ष र भावी प्रधानमन्त्रीका रुपमा ओलीको सुरक्षा कडा पारिएको प्रहरी प्रधान कार्यालयका एक अधिकरीले बताए । कही कतै गम्भिर घटना नघटोस् भन्ने खातिर नै आफूहरुले इन्सपेक्टरको समूहलाई बोलाएर डिएसपी भट्टराईको नेतृत्वमा सुरक्षाका लागि जिम्मा लगाइएको ति अधिकारीले बताए । उनका अनुसार प्रधानमन्त्री ओलाीको मात्रै होइन ‘नयाँ परिस्थितीअनुसार अन्य नेताहरुको पनि सुरक्षा जोखिम बिश्लेषण भइरहेको छ। हामी यस विषयमा गम्भिर भएर लागि परेका छौँ ।

यता,बहालवाला प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई पनि डिएसपीकै कमाण्डमा प्रहरी खटाइने गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *