जमुनाको ‘कैली’ सार्वजनिक

काठमाडौँ, पुस १३। साहित्यकार जमुना न्यौपानेको उपान्यास ‘कैली’ सार्वजनिक भएको छ । बुलबुल प्रकाशनद्वारा प्रकाशित १७४ पृष्ठको सो उपन्यास कलाकार निर शाहले आज यहाँ आयोजित कार्यक्रममा विमोचन गरेका हुन् ।

महिला प्रधान सो उपन्यासमा समाजमा महिलाले भोग्नुपरेका पीडा र समाजबाट उनीहरूप्रति हुने व्यवहारबारे चर्चा गरिएको छ । उपन्यासको मूल्य रु २४० छ ।

कलाकार शाहले नारीलाई सम्मान गर्नुपर्ने हाम्रो सभ्य समाजमा उल्टो पीडा दिने गरिएको छ भने । कार्यक्रममा पाँच दशकसम्म कला र साहित्यिक क्षेत्रमा योगदान पु¥याएबापत कलाकार शाह र गीतकार कृष्णहरि बराललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *