आजका बिभिन्न पत्रपत्रिकामा छापिएका समपादकीयहरु यस्ता छन्


“
काठमाडौं, पुस १३ ।
रानीपोखरी पुनर्निर्माणः अन्नपुर्ण
काठमाडौंको रानीपोखरीको पुनर्निर्माणमा विवाद देखिएको छ। यसले सम्पदा संरक्षणका विषयमा सम्बन्धित निकाय गम्भीर नभएको प्रस्ट हुन्छ। अघिल्लो वर्ष माघ १० मै पुनर्निर्माण प्राधिकरणले थालेको रानीपोखरीको पुनर्निर्माणको जिम्मा अहिले काठमाडौं महानगरपालिकाले लिएको छ।
भत्केको पौने तीन वर्ष हुँदासम्म पनि काम नथालिएको रानीपोखरीको वरपर पछिल्लो समय पुनर्निर्माण सुरु गर्ने भन्दै महानगरपालिकाले रड र कंक्रिटयुक्त पर्खाल लगाएपछि विवाद सार्वजनिक भएको हो। यस विषयलाई लिएर महानगरपालिकाका मेयर र उपमेयरका फरक धारणा बाहिर आएका छन्। जनप्रतिनिधि यसरी विभाजित हुनुले राम्रो सन्देश दिँदैन।
रानीपोखरी पुनर्निर्माणको विवाद चर्केपछि बुधबार काठमाडौं महानगरपालिकाका प्रमुखले पुरातत्व विभाग र संरक्षणमा ज्ञान भएका विज्ञसँग बसेर यस विषयको टुंगो लगाउने बताएका छन्।
यो जरुरी पनि छ। यी विवादका बीच पनि मौलिक रूपमा रानीपोखरी पुनर्निर्माण गरी काठमाडौं महानगरपालिकाले सकारात्मक सन्देश प्रवाह गर्न सक्नुपर्छ।
राज्ञी पुष्करिणी : नागरिक
कुनै बेला स्कुल तहको संस्कृत पाठ्यापुस्तकमा एउटा सुन्दुर कविता पढ्न पाईन्थ्यो राज्ञी पुष्करिणी ।
रानीपोखरी बारे लेखिएको उक्त कविताको पहिलो पंक्तिमै भनिएको थियो प्रफुल्ल पद्य सरसा राज्ञी पुस्करिणी शुभ ।
हाम्रो मुलुकको राजधानीमा कमलको फुलजस्तै अत्यन्त सुन्दर रानीपोखरी रहेको छ भन्ने ती पंक्तिले विद्यार्थीका कल्पनालाई उत्ताल तरंगमा अनुदित गर्थे ।
वास्तवमा त्यो कविताका प्रभावले कतिबेला रानीपोखरीको साक्षात् दर्शन गर्न पाईएला भन्ने भावना तिनका मनमा जागृत हुन्थ्यो ।
१२७ सालमा राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी आफ्नी रानीलाई सान्तवना दिन निर्माण गरेको रानीपोखरीको आफै ऐतिहासिक छ ।
यथार्थमै रानीपोखरी सुन्दर थियो ।
हाम्रो मुलुकको राजधानीमा अत्यन्तै सुन्दर रानीपोखरी रहेको छ भन्ने ती पंक्तिले विद्यार्थीका कल्पनालाई उत्ताल तरंगमा अनुदित गर्थे ।
वास्तवमै त्यो कविताका प्रभावले कतिबेला रानीपोखरीको सक्षात् दर्शन गर्न पाइएला भन्ने भावना तिनका मनमा जागृत हुन्थ्यो । मुलुकको गोरव बढाउन सक्ने रानीपोखरीजस्ता सम्पादाको संरक्षण र पुनः निर्माणमा गम्भीरता आवश्यक छ ।
तातोपानी नाका : गोरखापत्र
वि.सं.२०७२ सालको विनाशकारी भूकम्पबाट नेपाल तथा चीनतर्फका भौतिक पूर्वाधार क्षतिग्रस्त भएपछि बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी अहिलेसम्म पुनःसञ्चालनमा आउन सकेको छैन ।
पटकपटक उच्च अधिकारी र राजनीतिक तहमा भएका छलफलमा दुवै पक्षले यथाशीघ्र नाका सञ्चालनमा आउने बताउँदै आएका र भूकम्पबाट क्षतिग्रस्त भएका पूर्वाधार पुनःनिर्माण गरिए पनि भन्सार नाका सञ्चालनमा आउन सकेको छैन । यसले गर्दा विगतमा अत्यन्तै व्यस्त रहने यो नाका बन्द छ र यहाँबाट व्यापारी र यसमै आश्रित परिवार वैकल्पिक उपाय खोज्न बाध्य भएका छन् ।
नाका सञ्चालनमा कहिले पूर्वाधार त कहिले सुरक्षाको विषय उठ्ने गरेका छन् । पछिल्लोपटक हालै नेपाल र चीनका सुरक्षाकर्मीबीच चीनको खासामा भएको बैठकमा चिनिया अधिकारीले सुरक्षा व्यवस्था उपयुक्त भए नाका सुचारु गर्न सकिने सङ्केत गरेका छन् ।
नेपाल र चीनबीचको बढ्दो आर्थिक तथा व्यापारिक सम्बन्धलाई थप सहज बनाउन पनि सम्भाव्य नाका सञ्चालन गर्न आवश्यक छ । त्यसमा पनि सबै भौतिक पूर्वाधार भएको तातोपानी नाकालाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्छ भने हाल सञ्चालनमा रहेको केरुङ नाकामा भौतिक पूर्वाधार विकास गरिनुपर्छ ।
आर्थिक अनुशासनहीनताः नयाँ पत्रिका
प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता हस्तान्तरणको तयारी गरिरहेका छन् । समानुपातिकतर्फको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको दिनदेखि उनको दिनगन्ती सुरु हुनेछ ।
निर्वाचनमा बहुमत पाएको वाम गठबन्धनका नेता देउवालाई सत्ता छिटो हस्तान्तरण गर्न दबाब दिइरहेका छन् । यसअघि ०६४ मा भएको निर्वाचनपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राजनीतिक दाउपेचबीच चार महिनापछि मात्र माओवादीलाई सत्ता हस्तान्तरण गरेको नजिर रहेकाले देउवाले केही दिन कुर्सीको आयु लम्ब्याउन प्रयास गरे पनि अन्ततः उनी बाहिरिने नै छन् ।
जेठको तेस्रो साता सत्तामा गएयता उनले स्थानीय तहको दुई चरणको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन गर्न सहजीकरण गरेर देशलाई गुन लगाएका छन् । तर, यसबीचमा उनले जेजस्ता कार्यशैली अपनाए, त्यो भने तत्काल बिर्सनलायक छ ।
एकातिर देशमा विकासका काम ठप्प जस्तै हुने, नयाँ योजना नबन्ने र नयाँ सरकार नआउन्जेल विकास खर्चले गति नलिने हुँदा आर्थिक क्रियाकलापमा नकारात्मक असर देखिएको छ भने अर्कातिर मन्त्रिपरिषद्का सदस्य नै मनपरी खर्च गरी जानुअघि ढुकुटी निखार्न कम्मर कसेर लागिरहेका छन् । यो चरम अनुशासनहीनता दण्डनीय छ । महालेखा, अख्तियार र नयाँ संसद्को यसतर्फ ध्यान जानु आवश्यक छ ।
धरापमा फुटबलः कान्तिपुर
नेपाली फुटबल टिमले एक वर्षभित्र तीन उपाधि जितेको थियो । पछिल्लो उपाधि सोलिडारिटी कप हो, जुन गत वर्ष जितेको थियो ।
त्यससँगै महादेशकै सबभन्दा ठूलो प्रतियोगिता एसियन कपको छनोटमा अवसर पाएपछि नेपाली फुटबलले फड्को मार्ने आशा गरिएको थियो तर त्यस छनोट समाप्तिको संघारमा आइपुग्दासम्म नेपाली फुटबल धराशायी अवस्थामा आइपुगेको छ ।
कुनै पनि देशको फुटबलको आधारस्तम्भ लिग हो तर नेपालमा भने लिग सधैं अनिश्चित रहँदै आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौं उपत्यकाको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७० सालपछि सञ्चालन गरेको छैन । एन्फाले राष्ट्रिय लिग २०७१ आयोजना गरेको थियो र त्यो नै घरेलु फुटबलको अन्तिम लिग बन्यो ।
खासमा लिग फुटबल बर्सेनि हुनुपर्छ । यसमा क्लबहरूले खेल्छन् । विश्वका अन्य लिगको सिजन आठ–नौ महिनाको हुन्छ तर विगतमा नेपालको लिग मुस्किलले डेढ महिना चलेका थिए ।
समग्र खेल र फुटबलको विकासका लागि बाटो देखाउने नीति आवश्यक देखिएको छ, जसले नेपाली खेलकुदलाई ट्रयाकमा ल्याउन सकोस् ।
“
