हरेक प्रदेशमा परराष्ट्रको एकाइ

काठमाडौं, पुस १३ । परराष्ट्र मन्त्रालयले हरेक प्रदेशमा आफ्नो एउटा एकाई राख्ने योजना बनाएको छ ।  उपसचिवको नेतृत्वमा रहने उक्त एकाइ मुख्यमन्त्रीको कार्यालयमा राख्ने तयारी परराष्ट्रको छ ।

‘प्रदेशमा परराष्ट्र नीतिको प्रवर्द्धन, विदेशीसँग हुने भेटघाटको समन्वय र कन्सुलर सेवा प्रदान गर्न हरेक प्रदेशमा एउटा एकाइ (युनिट) राख्ने सोच हामीले बनाएको छौं तर यसले पुर्णता पाइसकेको छैन, परराष्ट्र सचिव शंकरदास बैरागीले भने, – मुख्यमन्त्रीको कार्यालयमा यस्तो युनिट राख्ने सोच छ ।’, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *