संक्रमणकालको अन्त्य गर्नु नै कांग्रेसको सफलता : प्रधानमन्त्री

सौराहा, ११ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसले सफलता हासिल गरेको बताएका छन् । बुधबार सौराहामा आयोजित १४ औं उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको संक्रमणकाल कांग्रेसले अन्त्य गरेको हुनाले कांग्रेसको सफलता यही रहेको बताए । उनले कांग्रेस देश र जनताको मनमनमा रहेको बताए ।

कांग्रेसले सत्ता हस्तान्तरण गर्न कांग्रेस आतुर रहेको उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले कांग्रेस सरकारले विकासको पूर्वाधार खडा गरिसकेकाले अब मुलुकको विकासले गति लिने बताए । सरकारले यस अवधीमा आधारभूत विकास निर्माणको जग बसाली सकेको हुनाले अब आउने सरकारले धेरै काम गर्नु नपर्ने दावी गरे । नारायणगढ मुग्लिन सडकको कार्य अत्यन्तै ढिलो भएकोमा प्रधानमन्त्रीले दुःख व्यक्त गरेका थिए । नेपालको परिपाटी यही छ, समयमा कुनै पनि काम सकेका उदाहरण छैनन् । सुस्त गतिमा काम हुने प्रवृत्तिलाई सुधार गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

समुद्घाटन समारोहमा हास्यकलाकार मदनकृष्ण श्रेष्ठलगायत विभिन्न संरक्षणकर्मीहरुलाई प्रधानमन्त्री देउवाले सम्मान गरेका थिए । उद्घाटन समारोहअघि विभिन्न जातजातिका सँस्कृति झल्कने झाँकीसहितको ¥याली निकालिएको थियो । ¥यालीले सौराहा बजार परिक्रमा गरेको थियो ।

सौराहा भरिभराउ

मंगलबारबाट यस वर्षको सौराहाको बाघमारा चौरमा सुरु भएको छ । यो महोत्सव १४ औँ हो । सौराहाका व्यवसायीले पर्यटकहरुलाई लक्षित गरी यो व्यवसाय चलाएका हुन् । यो हात्ती महोत्सव १५ गतेसम्म चल्नेछ । हात्ती महोत्सवले गर्दा सौराहा भरिभराऊ छ । क्षेत्रीय होटल संघ चितवनले हरेक नयाँ वर्षको अवसरमा हात्ती महोत्सवको आयोजना गर्दै आएको छ ।
हरेक वर्ष हुँदै आएको हात्ती महोत्सवमा पर्यटक लोभिन्छन् । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ यस पटकको हात्ती महोत्सव सुरु भएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । उनले हात्ती महोत्सवले गर्दा सौराहामा यतिबेला स्थानीयत तथा बाह्य पर्यटकहरु आउनेक्रम बढेको बताए । हात्ती महोत्सवमा मूख्य रुपमा हात्ती सफारी र हात्तीका गतिविधि हेर्न मानिसहरु सौराहामा आउने गर्दछन् ।

महोत्सवमा हात्तीको वनभोज, फाष्टवाक, हात्तीका छावाहरूको फुटबल प्रतियोगिताहरु हुन्छन् । गाडा र टाँगा दौड प्रतियोगिताको आकर्षक हुनेछ । हात्ती वनभोजमा १ सयभन्दा बढी हात्ती सहभागी गराइनेछ । यसवर्ष हात्तीको वाथिङ (नुहाउने) कार्यक्रम पनि थपिएको छ । महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम हुनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरु प्रस्तुति रहनेछ । ४० वटा स्टलमा विभिन्न सामग्रीहरु राखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *